२०८१ मंसिर १३ , बिहिवार

नेपाल पेट्रोलियम ट्यांकर चालक आन्दोलनमा

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

आइतबारदेखि पेट्रोलियम पदार्थ ढुवानी गर्ने चालकहरूको आन्दोलनका कारण देशभर पेट्रोलियम वितरण अस्तव्यस्त बनेको छ । देशभरका १८ सयभन्दा बढी पेट्रोलियम ढुवानीकर्ता (चालक) आइतबारदेखि आन्दोलनमा उत्रिँदा उपत्यकासहित देशभरको पेट्रोलियम पदार्थ वितरण प्रणाली अस्तव्यस्त बनेको हो ।

सरकारले आन्दोलन नै गर्न नमिल्ने अत्यावश्यक वस्तुको सूचीमा राखेको पेट्रोलियम पदार्थका ढुवानीकर्ताले विभिन्न माग अघि सारेर आन्दोलन थालेका हुन् । आफ्ना ट्याङ्कर मालिकसँग राख्नुपर्ने माग उनीहरूले नेपाल आयल निगम र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयसमक्ष राख्दै आन्दोलनमा उत्रिएका हुन् ।

नेपाल पेट्रोलियम ट्याङ्कर चालक सङ्घले सरकार र निगमसमक्ष विभिन्न ७ बुँदे माग राखेको छ । सम्पूर्ण ट्याङ्कर चालक/सहचालक मजदुरको श्रम ऐनअनुसार नियुक्ति पत्र दिई नेपाल सरकारले तोके अनुसारको तलबको व्यवस्था गरिनुपर्ने सङ्घको माग छ ।