२०८१ असार १३ , बुधवार

पेट्रोलियम ढुवानी चालकहरूसँग भयो सहमति, अब इन्धनको नियमित आपूर्ति

Oil Line

सुनाखरी न्युज/ काठमाडौं ।
नेपाल आयाल निगम र पेट्रोलियम चालकहरूबीच सहमति भएको छ। सहमति भएसँगै आजैबाट पेट्रोल पम्पहरू खुल्ने निगमका प्रवक्ता मनोज कुमार ठाकुरले जानकारी दिएका छन्।

‘छलफल सकियो। दुई पक्षबीच सहमति भएको छ,’ उनले भने, ‘आजैबाट तेल पाइन्छ।’

ट्यांकर चालकहरूले शनिबारदेखि  सम्पूर्ण ट्यांकर चालकरसहचालक मजदुरहरूलाई श्रम ऐन अनुसार नियुक्ति पत्र दिई नेपाल सरकारले तोके अनुसारको तलबको व्यवस्था गरिनुपर्ने, सामाजिक सुरक्षा कोषमा आवद्धताको व्यवस्था गरिनुपर्ने लगायतका सात बुँदे माग राखेर आन्दोलन गरिरहेका थिए।

उक्त आन्दोलनलाई लिएर सोमबार दुई पक्षबीच उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा छलफल भएको थियो।