सुनाखरी न्युज/ काठमाडौं ।
मंगलबार नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ।सोमबार प्रतितोला छ सय रूपैयाँ घटेको सुनको मूल्य यसदिन स्थिर रहेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ४२ हजार दुई सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ४१ हजार पाँच सय रूपैयाँमा कारोबार भइरहेको छ।
सोमबार पनि सुन सोही मूल्यमा कारोबार भएको थियो। त्यसैगरी, आज चाँदीको मूल्य भने बढेको छ। चाँदी मंगलबार प्रतितोला १८ सय १५ रूपैयाँमा किनबेच भइरहेको छ।