२०८१ आश्विन ११ , शुक्रवार

नेप्से परिसूचकमा दोहोरो अंकको गिरावट

Share

सुनाखरी न्युज/ काठमाडौं ।

मंगलबार नेप्से परिसूचक दोहोरो अंकले घटेको छ।आज नेप्से १८.७६ अंकले घटेर २०७६.४९ विन्दुमा बन्द भएको छ।

यस दिन कारोबार रकम अघिल्लो दिनको तुलनामा घटेको छ।आइतबार पाँच अर्ब ४७ करोड २२ लाख ५३ हजार ५५१ रूपैयाँको सेयर कारोबार भएकोमा मंगलबार चार अर्ब पाँच करोड ५७ लाख ३७ हजार ८८४ रूपैयाँको सेयर कारोबार भएको छ।

अघिल्लो दिनको तुलनामा कारोबार रकममा एक अर्ब ४२ करोड रूपैयाँ कमी आएको हो।यस दिन ३१८ वटा धितोपत्रको ९५ लाख ४४ हजार ७३४ कित्ता सेयर किनबेच भएको हो।

मंगलबार ४० कम्पनीको सेयर मूल्य बढेको छ भने १९८ वटाको घटेको छ। यस्तै, ९ कम्पनीको मूल्य स्थिर रहेको छ