किरण गिरी-
आज असार ४ गते हो तापनि नयाँ बि. सं.२०८१ साल र १८ औं गणतन्त्र दिवस समेतका अबसरमा ढिलै भएपनि संपुर्ण दिदिबहिनी , दाजुभाइ हरु लाई सुख , शान्ति र समुन्नति को लागी हार्दिक शुभकामना सहित आजको संबोधनको क्रममा केहि नयाँ दृष्टिकोण र यथार्थ धारणा यहाहरु समक्ष पस्कदै छु:
तत्काल अबलम्बन गर्नुपर्ने कार्यक्रम :
नेपाली कांग्रेसले अब तत्काल अबलम्बन गर्नुपर्ने कार्यनिती :
१। नेपाली काँग्रेस पार्टी भित्र ( फोहोर सफा गर्ने ) सुध्दिकरण गरेर अगाडि बढ्नु पर्ने ।
२। नेपाली कांग्रेसमा प्रवेश गरेका साथीहरू लाई नअल्मल्याइ निरास नबनाइ सक्रियता , क्षमता र लगनशीलता अनुसार संगठनमा भुमिका र जिम्मेवारी दिईनु पर्ने ।
३। पार्टी भित्र अबसर र भुमिका नपाएका क्षमतावान नयाँ र पुराना साथीहरू लाई आश्वासन मात्रै होइन भुमिका र जिम्मेवारी दिएर थप सक्रिय बनाउनु पर्ने ।
४ । नयाँ , सक्षम र क्षमतावान नयाँ ब्यक्तिहरु लाई पार्टी प्रवेश गराउने र प्रवेश गरेका साथीहरू लाई आश्वासन दिने तथा अल्मल्याउने काम मात्र नगरी क्षमता अनुसारको जिम्मेवारी र भुमिका दिनुपर्ने ।
स्पष्ट राजनीतिक दृष्टिकोण र लोकतान्त्रिक प्रतिबद्धता :
लोकतन्त्रको विकल्प स् समुन्नत लोकतन्त्र
नेपाल अब पछाडि फर्कन सक्दैन , नेपाली कांग्रेस दृढ ढंगले बिल्कुलै प्रष्ट छ ( बर्तमान संबिधान प्रति अपनत्वको दायारा बिस्तार गर्दै , यसको माध्यम बाट नै समुन्नत नेपालको निर्माण गर्न सकिन्छ । संघीय लोकतान्त्रिक गणतन्त्रको यो मुल प्रभाह भित्रैबाट नेपाल र नेपालीको अवस्था बदल्ने महाअभियानमा समाहित हुन नेपाली कांग्रेस सबैमा अपिल गर्दछ । हामी सबैले बुझेकै तथ्य हामी दोर्याउन चाहन्छौ ( दुब्लो पातलो देखिने लोकतन्त्र पनि निरंकुशता भन्दा धेरै बलियो हुन्छ । धेरै सुन्दर हुन्छ अनि त्यो लोकतन्त्रलो विकल्प केबल लोकतन्त्र नै हुन्छ अझ समुन्नत लोकतन्त्र हुन्छ ।
यही अठोट यहि संकल्प र यहि परिकल्पनाका साथ
राजनीतिक स्थाइत्व , रुपान्तरण र नबिनता ।
स्वतन्त्रता , न्याय र समानता ।
नेपाली कांग्रेसको नितिगत प्रतिबद्धता ।
नेपाली कांग्रेसले तय गरेको यो आदर्श , लक्ष्य र उध्येश्य बोकेर
हामी नयाँ उत्साह र उर्जाका साथ अगाडि बढ्दै छौँ ।
हामी गोदावरी महासमिति बैठकबाट यहि उर्जा बोकेर गाउँ गाउँ आएका छौ ।
यहि उर्जाको बलमा समयानुकूल र बदलिएको कांग्रेस बनाउने छौ ।
कांग्रेसको रुपान्तरण संगै नेपाली राजनीतिलाई रुपान्तरण गर्ने छौ ।
राजनीतिको रुपान्तरण संगै हाम्रो देशको उज्यालो भबिस्य तर्फ निरन्तर अगाडि बढ्ने छौं ।
चुस्त ,दुरुस्त , सुदृढ संगठन ।
कांग्रेसको गोदावरी बैठकले नितिमा स्पष्टता ल्याएको छ । नीति ,विधि र थिती को जगमा – १५ बर्षे अबधारणा साथमा समुन्नत नेपाल र सम्मानित नेपालीको मार्गचित्र सहित संगठनमा तुस्तता र मजबुती को नवीन अबधारणा वडा देखी केन्द्र सम्म अगाडि सारेको छ ।
राजनीतिक स्थायित्व , रुपान्तरण र नबिनता ।
स्वतन्त्रता , न्याय र समानता ।
नेपाली कांग्रेसको नितिगत प्रतिबद्धता ।
नेपाली कांग्रेसमा आवद्ध ( ८ लाख ६९ हजार ५५१ क्रियाशिल सदस्यहरु र १ लाख १४ हजार ५२५ क्षेत्रीय प्रतिनिधिहरु मा नयाँ उत्साह र उर्जा थप्दै गोदावरीमा गत ०८० फाल्गुन मा नयाँ नीति र दृष्टिकोण सहित महासमिति बैठक सम्पन्न भएको छ ।
हामीले नेपाली कांग्रेस लाई अब
२००७ सालको जस्तो क्रान्ति को चेत भएको काँग्रेस बनाउनु जरुरी छ ।
२०१५ सालको जस्तो प्रगतिशीलता र समावेशीता र दुरदर्शिता भएको कांग्रेस बनाउनु जरुरी छ ।
२०४८ सालको जस्तो लोकप्रिय मत र संसद मा बहुमत भएको कांग्रेस बनाउनु जरुरी छ ।
२०६२र६३ सालको जस्तो सर्ब स्विकार्य नेतृत्व भएको काँग्रेस बनाउनु जरुरी छ ।
त्यसको लागी :
०८१ मा सशक्त संगठन निर्माण र परिचालन अत्यावश्यक छ ।
०८२ मा १५ औं महाधिवेशन अत्यावश्यक छ । ।
०८४ को आम निर्वाचन मा काँग्रेस बहुमत सहितको संसद अत्यावश्यक छ ।
नेपाली कांग्रेस पार्टी को संगठन निर्माण गर्नु हामी सबै को प्रमुख दायित्व र जिम्मेवारी भएको छ । यही जिम्मेवारी , प्रण दातित्व बोकेर हामी आजै अगाडि बढ्नु जरुरी छ ।
हाम्रो गौरवशाली बिगत र अग्रजहरुको बलिदान ,
अकल्पनीय त्याग , संघर्ष परिश्रम बाट प्रेरणा लिदै ,
आजको समयको चेत बुझेर नवीन पुस्ताले बिश्वास भरोसा गर्न सक्ने , सुनौलो भबिस्यतिर उन्मुख ,
स्पष्ट ध्येय भएको ,
ब्यबस्थापन मा अब्बल ,
गतिशील र आधुनिक संगठन बनाउने महा अभियान मा जुट्नु पर्दछ ।
त्यही लक्ष्य र उध्येश्य बोकेर नयाँ उत्साह र उर्जा का साथ हामी अब सबै वडा वडामा समुदायमा कांग्रेस अभियान लिएर फेरि वडा वडामा जानु जरुरी छ । अनिमात्र ू सबै अट्ने देश , सबैलाई समेट्ने काँग्रेस हुने छ ।
नयाँ बर्ष (२०८१ र १८ औं लोकतन्त्र दिवस समेतले प्रेरणा र शुभकामना अर्पण गर्दै नेपाली कांग्रेस लाई ू बलियो कांग्रेस , बदलिएको बनाउन सबैमा नयाँ उत्साह र उर्जा प्रदान गरोस पुनः सबैमा सुख , शान्ति र समृद्धि को लागी हार्दिक शुभकामना साथ सबैमा हार्दिक धन्यवाद , नमस्कार ,
जय नेपाल ।
( किरण गिरी )
महासमिति सदस्य, नेपाली कांग्रेस ।