२०८१ पुष ८ , सोमवार

आफ्नै च्वाइसको मोबाइन नम्बर लिएर रहनुहोस्‘सधैं अन’: एनसेल

Capture

सुनाखरी न्युज/ काठमाडौ ।

तपाईंलाई मनपर्ने कुनै नम्बर तपाईंको आफ्नै मोबाइल नम्बर बनेके होला? एक विशेष नम्बर जसले तपाईंलाई दूरसञ्चार सेवामा पहुँच मात्र दिदैन बरु तपाईंको जीवनको कुनै महत्वपूर्ण दिन वा मिठो सम्झनाको प्रतिविम्ब पनि बन्छ।ग्राहकहरुको यही ईच्छालाई परिपुर्ति गर्न एनसेलले‘मेरो नम्बर, मेरै च्वाइस’योजना संचालनमा ल्याएको जनाए ।

अब, तपाईंले आफुलाई मन पर्ने अन्तिमको ६ वटा अंक रोजेर आफ्नो मोबाइल नम्बर आफै बनाउन सकिने एन्सेलले जनाए ।चाहे त्यो तपार्इंको जन्म दिनहोस्, आफ्नो सहयात्रीलाई पहिलोपटक भेटेको दिन होस्, तपाईंको सवारी साधनको नम्बर होस्वा अन्य कुनै महत्वपूर्ण मिति वा नम्बर अब तपाईंले त्यसलाई सधैंकोलागि आफ्नै मोबाइल नम्बरमा परिणत गरि सधैं अन रहन सक्नुहुन्छ।आफ्नो सम्बन्धहरुलाई अझै प्रगाढ बनाउँदै तपाईंले आफ्ना प्रियजनहरूलाई पनि त्यस्ता विशेष नम्बरहरू उपहार दिन सक्नुहुन्छ।उदाहरणका लागि, श्रीमानले अन्तिमको ६अंकxxx ९४० भएको नम्बर लिन सक्छन् भने श्रीमतिले मिल्दो जुल्दोxxx९४१ नम्बर लिन सक्छन्।

यो योजनाको मोबाइल नम्बर ९७०५ नम्बर रेन्जबाट शुरु हुन्छ।विशेष सधैं अन नम्बर प्राप्त गर्न चाहने ग्राहकहरूले अन्तिम ६अंक आफै रोजेर आफ्नो विशिष्ट मोबाइल नम्बर बनाउन सक्छन्।ग्राहकले सिधै एनसेल एप वा एनसेल वेबसाइटमा गएर ‘मेरो नम्बर, मेरै च्वाइस’क्लिक गरि आफुले चाहेको मोबाइल नम्बरको पछिल्लो ६अंक उपलब्ध भएको सजिलै हेरेर तत्काल अनलाइन बुकिङ गर्न सक्छन्।
हाल प्रयोग गर्दै आएको मोबाइल नम्बरको पछिल्लो ६ अंक मिल्ने गरि नयाँ मोबाइल नम्बर लिन सकिने सुविधा यो योजनाको प्रमुख विषेशता रहेको कम्पनीको भनाइ छ ।

“मोबाइल नम्बर हाम्रो पहिचान बनिसकेको छ,” एनसेलका चीफ कमर्शियल अफिसर उमेरमो हसिनले भने।“आफूलाई जीवरभर यादगार रहने नम्बरका आधारमा आफ्नै मोबाइल नम्बर रोज्न सकिने यो विशेष योजना संचालनमा ल्याउन पाउँदा हामी एकदमै खुसी छौं।ग्राहकले आफूलाई मात्र नभई आफ्नो नम्बरसँग मिल्ने गरि परिवारजन र साथी भाईलाई पनि यस्तो नम्बर रोजिदिन सक्छन्।यो एक सेवा मात्र नभई सम्बन्धहरुलाई थप प्रगाढ बनाउने माध्यम पनि हो।”

यस योजना अन्तर्गत, ९७०५ रेन्जबाट मोबाइल नम्बर छनोट गर्नको लागि ९लाख बढी मोबाइल नम्बरहरू उपलब्ध रहेका छन्।एनसेलले फस्टकम, फस्टसर्भ बेसिसमा उपलब्ध नम्बरहरु वितरण गर्ने छ।यो सिम एनसेलले हाल संचालन गरिरहेको‘सधैंअन’प्लान अन्तर्गत रु ५९९देखि रु १,४९९सम्मको प्लानमा बन्डल सेवाका रुपमा उपलब्ध गराउने छ।सधैं अन योजनाका प्लानहरु अन्तर्गत ग्राहकहरूले भ्वाइस, डेटा, निःशुल्क सामाजिक सञ्जाल डेटा र एसएमएस सेवा पाउँछन्।*१२३#डायल गरेर‘सधैं अन’प्लानहरू सुचारु गर्न सकिन्छ।

बुकिङ गरिएको सिम ग्राहकले देशभर फैलिएका एनसेलका ३२वटा एनसेल सेन्टरहरूमध्ये कुनैपनि सेन्टरमा गई लिन सक्नेछन्।काठमाडौं उपत्यकाको हकमा उपाय कार्गो सेवामार्फत होम डेलिभरी गराएर पनि यो सिम लिन सकिन्छ।बुकिङ गराएको नम्बर ७दिनभित्र नलिएको खण्डमा सो नम्बर बुकिङको सुचिबाट स्वत हट्ने कम्पनीले बताए र सो नम्बर अरुग्राहकले पनि लिन सक्नेछन्।एनसेलको‘मेरो नम्बर, मेरै च्वाइस’योजना अन्तर्गत ग्राहकहरूले नम्बर मात्र रोज्दैनन्, उनीहरुले आफ्नो विशेष सम्झनाको एक सिम अर्थात नम्बर सधैं आफ्नो साथ बोक्ने छन्।