२०८१ मंसिर १३ , बिहिवार

संसद भवनभित्र प्रहरी जवान गोली लागेको अवस्थामा मृत फेला, मृतक आफैंले गोली हानेको प्रहरीको प्रारम्भिक निष्कर्ष

Screenshot 2024-06-19 113213

सुनाखरी न्युज/ काठमाडौं ।

संसद भवनको सुरक्षार्थ खटिएका नेपाल प्रहरीका एक जवान संसद भवनभित्रै गोली लागेको अवस्थामा मृत फेला परेका छन् । प्रहरी जवान दोलखाका अजित गोले गोली लागेको अवस्थामा शौचालयभित्र मृत फेला परेका हुन् ।

 

संसद सचिवालयका प्रवक्ता एकराम गिरीले भने उनले गोली हानेर आत्महत्या गरेको बताए ।

नेपाल प्रहरीका प्रवक्ता दानबहादुर कार्कीले गोले घटनास्थलमै मृत फेला परेको जानकारी दिए । घटनाबारे थप बुझ्ने काम भइरहेको उनले बताए । ‘शौचालयतिर गोली चलेको आवाज सुनेपछि गएर हेर्दा अन द स्पट डेथ भएको पाइयो,’ प्रवक्ता कार्कीले भने, ‘उनका साथीहरुसँग घटना हुनुभन्दा अगाडिको अवस्थाबारे बुझ्ने काम भइरहेको छ ।’ उनका अनुसार गोलेको शवलाई सिभिल अस्पतालमा पठाइएको छ ।

 

 

मृतक गोले दोलखाको मेलुङ गाउँपालिका ४ का बासिन्दा हुन् । उनी नेपाल प्रहरीको केन्द्रीय विशेष कार्यदल कपनमा दरबन्दी भई संघीय संसद सुरक्षा बेस नयाँबानेश्वरमा कार्यरत थिए ।