२०८१ मंसिर ७ , शुक्रवार

टाटा टियागो इभी मानाव अर नेभर एक्सचेञ्ज अफर

Capture

सुनाखरी न्युज/ काठमाडौ ।

नेपालकालागी टाटा मोटर्सको एकमात्र अधिकारिक वितरक, सिप्रदी ट्रेडीङ्ग प्रा. लि. ले “नाव अर नेभर– ड्राइभ होम टियागो इभि एट प्रि–बजेट प्राइस”आयोजना गर्न लागेको छ । यस अफर अन्तर्गत नयाँ आर्थिक वर्षको बजेट नीतिका कारण मूल्य बढेको भएपनी सिमित स्टक प्रि–बजेट मूल्यमा प्राप्त गर्न सकिने कम्पनीले जनाएका छन ।

आफुले चाहेको स्थानमा नै पुरानो गाडीको मूल्याकंन र टेस्ट ड्राभभको सुविधा रहेको छ। यसका साथै आकर्षक एक्सचेन्ज बोनस, अटोप्लस इन्स्योरेन्स, २ वर्षको सवारी कर र एक्सेसरिजहरु रहेका छन् । यो योजना यहि जुन २० देखी २२ सम्म नेपालभर रहेका टाटा मोटर्सको सबै शोरुमहरुमा लागु हुने जनाए ।

टाटा इभीयसको मूल्य तथा साइज कारण पनि ग्राहकहरु यसमा आकर्षित भएका हुन । टाटा टियोगो इभीआरामदायीतथा क्लच र गियरको झञ्झट नहुने हुँदा गाडी चलाउन एकदमै सजिलो हुने, पार्किङ्गका लागि सहज, किफायती र वातावरण मैत्री एका कारण पनि यस गाडीको लोकप्रियता बढिरहेको छ ।

टाटा आफैमा प्रतिष्ठित तथा विश्वसनिय ब्राण्ड भएको र भारतमा निर्मित यस गाडी भौगोलिक हिसावले पनि नेपालका लागि उपयुक्त रहेको छ । दैनिक तथा व्यक्तीगत कामकाजका लागि अत्यन्तै उपयुक्त यस गाडीको माग नेपाली बजारमा दिनप्रति दिन बढ्दै गइरहेको छ ।