२०८१ आश्विन ५ , शनिवार

‘छक्का पन्जा ३’ बन्यो युट्युबमा सबैभन्दा धेरै हेरिने नेपाली चलचित्र

2020-12-23_Chakka-Panja-3

 

सुनाखरी न्युज/ काठमाडौ ।

यो फिल्मलाई युट्युबमा साढे ३ करोड भन्दा बढी पटक हेरिएको छ । यो युट्युबमा सबैभन्दा धेरै पटक हेरिएको नेपाली फिल्मको रेकर्ड हो । अक्सर धेरै चलचित्रको टिकट बिक्रीको संख्या हेर्ने हो भने लाख नाग्दैन । हजारमै सीमित हुन्छन् । तर तिनै चलचित्रको भ्युज युट्युबमा भने करोडौं हुने गरेको छ । करोडौं भ्युज पाउनेमा सबै नयाँ सिनेमा छन् । पुराना सिनेमा पनि युट्युबमा अपलोड गरिए पनि भ्युजमा नयाँ सिनेमालाई उछिन्न सकेका छैनन् । हाइलाइट्स नेपालको युट्युब च्यानलबाट साढे ३ बर्ष अगाडि यो फिल्म रिलिज भएको थियो । फिल्मलाई दर्शकले निकै रुचाएका पनि थिए ।

दीपकराज गिरी, दीपिका प्रसाँई, केदार घिमिरे, प्रियंका कार्की लगायतका कलाकारले अभिनय गरेको यो फिल्मलाई दीपाश्री निरौलाले निर्देशन गरेकी हुन् । युट्युबमा सबैभन्दा धेरै हेरिने नेपाली चलचित्र ‘छक्का पञ्जा–३ हो । दीपाश्री निरौलाले निर्देशन गरेको चलचित्र ३४ मिलियन पटक हेरिएको छ । दीपकराज गिरी, दीपिका प्रसाईं, प्रियंका कार्की, केदार घिमिरे, जीतु नेपाल मुख्य भूमिकामा छन् । चलचित्र ‘छक्का पञ्जा ३’को कथा, पटकथा, सामाजिक सन्देश, कमेडी र कलाकारको अभिनय विशेषगरी केदार घिमिरेको अभिनयलाई समीक्षक र दर्शकबाट सकारात्मक प्रतिक्रिया मिलेको थियो । रिलिजको केही समयमै चलचित्रले सबै रेकर्ड तोड्दै बक्स अफिसमा सबैभन्दा बढी ग्रस कलेक्सन गर्ने ब्लकबस्टर नेपाली चलचित्र बन्यो ।

‘छक्का पञ्जा ३’ को जति ग्रस कलेक्सन नेपाली बक्स अफिसमा कुनै बाहिरका चलेका चलचित्रले पनि गरेको थिएन । बलिउड र हलिउडका चलचित्रले मात्र रेकर्ड ब्रेक कलेक्सन गर्न सक्छन् भन्ने धारणाबीच दीपक-दीपाको यो चलचित्रले नयाँ रेकर्ड कायम गरेको थियो । ‘छक्का पञ्जा ३’ ले बनाएको रेकर्ड त्यसपछि पनि तोडिन गाह्रै पर्‍यो । यो रेकर्ड सन् २०२२ मा ‘केजीएफ च्याप्टर २’ ले नेपाली बक्स अफिसमा सबैभन्दा बढी ग्रस कलेक्सन गरेर तोड्यो । ‘केजीएफ च्याप्टर २’ले रेर्कड तोडेसँगै ‘छक्का पञ्जा ३’ नेपाली बक्स अफिसमा सर्वाधिक कमाउने फिल्मबाट सर्वाधिक कमाउने नेपाली फिल्म बन्यो ।