२०८१ मंसिर १३ , बिहिवार

इङ्ल्यान्डले वेस्ट इन्डिजलाई आठ विकेटले हरायो

cricket 23

सुनाखरी न्युज  / काठमाडौं ।

आईसीसी टी–२० विश्वकप क्रिकेटको बिहीबार बिहान खेलिएको सुपर–८ चरणको खेलमा इङ्गल्यान्डले वेस्ट इन्डिजलाई आठ विकेटले हराएको छ । टस जितेर पहिले फिल्डिङ रोजेको वेस्ट इन्डिजले इंग्ल्यान्डबाट १७२ रनको लक्ष्य पाएको थियो । तर वेस्ट इन्डिजले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १७० रन मात्र बनायो ।

वेस्ट इन्डिजका लागि रोमारियो शेफर्ड र अकिल होसेनले नटआउट रहँदै सर्वाधिक ४४र४४ रन बनाए । त्यस्तै निकोलस पूरनले २४ रन बनाउँदा ड्यारेन ब्राभोले २३ रन जोडे ।

इंग्ल्यान्डका लागि मोइन अलीले सर्वाधिक ३ विकेट लिए । ४ ओभर बलिङ गरेका उनले २४ रन खर्चिए । आदिल रसिदले ४ ओभर बलिङ गर्दै २ विकेट लिएर २४ रन खर्चिएका थिए । त्यस्तै रिस टोप्ले र क्रिस जोर्डनले १र१ विकेट लिए ।

त्यसअघि इंग्ल्यान्डले ८ विकेट गुमाउँदै १७१ रन बनाएको थियो । इंग्ल्यान्डका लागि जेसन रोयले सबैभन्दा बढी ४५ रन बनाए । त्यस्तै मोइन अलीले ३१, क्रिस जोर्डनले २७ र टोम ब्यान्टनले २५ रन बनाए ।