सुनाखरी न्युज / काठमाडौं ।
नक्कली ब्लु बुक बनाएको आरोपमा प्रहरीले ४ जनालाई पक्राउ गरेको छ।आरोपीहरूले एभरेष्ट बैंकका ऋणी गजेन्द्र लोहनी विश्वकर्माको नाममा भएको बा।२० च ६४६७ नम्बरको ब्रेजा कार र भक्तपुर घर भएका भरत त्वयनाको नाममा भएको बिएडी–०२४७ नम्बरको अल्टो कारको ब्लुबुक किर्ते गरेका हुन् ।
मनोजकुमार बरालीको नाम राखेर अल्टो कारको ब्लुक कीर्ते गरेर उनीहरुले डिक राखेर ५ लाख लिएको अनुसन्धानबाट थाहा भएको प्रहरीले जनाएको छ।पक्राउ पर्नेमा बैतडी घर भएका ३८ वर्षीय विरेन्द्र सिंह साउद, चितवन घर भएका ३८ वर्षीय मनोज कुमार सुनार बराली, रामेछापका शान्त कुमार मगर र डोटी घर भएका ३२ वर्षीय पवन सिंह छन् ।
ब्रेजा कार १५ लाखमा बेच्न खोजेपछि किन्न खोज्नेले शंका लागेर यातायात व्यवस्था कार्यालयमा बुझ्दा नक्कली पुष्टि भएको थियो। मनोजकुमार सुनार असअघि पनि कीर्ते मुद्दामा पक्राउ परेर ५ लाख धरौटीमा छुटेको अपराध रेकर्ड भेटिएको छ। उनीहरूलाई कानुनी कारबाहीका लागि जिल्ला पहरी परिसर जावलाखेलमा पठाइएको प्रहरीले जनाएको छ।