सुनाखरी न्युज/काठमाडौं ।
मिरा बायोटेक प्रा.लि. र नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लि. बीचCorporate Advisory(वित्तीय परामर्श) सेवा प्रदान गर्ने सम्झौता भएको छ ।
आज एक कार्यक्रमका बीच मिरा बायोटेक प्रा.लि.तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुशील पौडेल र नेपालए सबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेडका तर्फबाट प्रबन्ध सञ्चालक एवं प्रमुख कार्यकारी अधिकृत लेखनाथ पोख्रेलले सम्झौता पत्रमा हस्ताक्षर गरे ।
कार्यक्रममा दुवै संस्थाका उच्चपदस्त कर्मचारीहरुको उपस्थिती रहेको थियो ।मिरा बायोटेक प्रा.लि. ले WHOमापदण्ड बमोजिम औषधी उत्पादन गर्दै आइरहेको छ साथै, कम्पनीले स्थानीय र विदेशी बजारहरुका लागि औषधीजन्य ठोस खुराक उत्पादन तथा वितरण गर्दै आईरहेको बताए ।
वित्तीय परामर्श अन्र्तरगत नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेडले वित्तीय नुन–संरचना, वित्तीय व्यवस्थापन, व्यवसायिक योजना र संस्थाको संरचना हेरपफेर सेवाहरु उपलब्ध गराउने छ ।