सुनाखरी न्युज/काठमाडौं ।
युएईको ख्याति प्राप्त अल् जजिरा एक्सचेन्जर सिटी एक्सप्रेस मनी ट्रान्सफर बिच रेमिटान्स कारोबार सुरु भएको छ । युएईमा रहनुभएका नेपालीहरुले अल् जजिरा एक्सचेन्जको सेवा प्रयोग गरी सिटी एक्सप्रेस मार्फत सजिलै आफ्नो आफन्तलाई नेपालमा पैसा पठाउन सक्नु हुनेछ ।
नेपालमा सिटी एक्सप्रेससँंग आबद्ध २५,००० भन्दा बढि एजेन्टहरुबाट सजिलै भुक्तानी लिन सकिन्छ र नेपालको जुन सुकै बैंकको खातामा पनि रकम जम्मा अथवा मोबाईल वालेटमा लोड गर्न सकिने जनाए ।
यस सम्झौताका आधारमा युएईमा बैदेशिक रोजगारीमा रहेका नेपाली दाजुभाई तथा दिदी बहिनीहरुलाई सहज र गुणस्तरिय बिप्रेषण सेवा प्रदान हुने बिश्वास लिन सकिने छ।
सिटी एक्सप्रेस मनी ट्रान्सफरले रेमिटान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउदै बिगत १७वर्ष देखि संसारभरबाट विप्रेषण सेवाप्रदान गर्दै आइरहेको छ । हालै सिटी एक्सप्रेस मनी ट्रान्सफरले सिटी पे वालेट मार्फत अनलाइन भुक्तानीको सेवा र रेमिटेन्स भुतmानी सुचारु गरेको छ ।
अल् जजिरा एक्सचेन्जबाट पठाएको रकम सिटी पे वालेटमार्फत प्रोमोकोड CITY100प्रयोग गरी भुक्तानी लिदा रु. १०० सम्म बोनस पाउन सकिन्छ ।