२०८१ मंसिर ७ , शुक्रवार

सुन–चाँदीको भाउ बढ्यो

Gold

सुनाखरी न्युज/काठमाडौं ।

नेपाली बजारमा बिहीबार सुन–चाँदीको मूल्य बढेको छ।अघिल्लो दिन स्थिर रहेको सुनको भाउ यसदिन प्रतितोला छ सय रूपैयाँ बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ४२ हजार आठ सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ४२ हजार एक सय रूपैयाँमा कारोबार भइरहेको छ।

त्यसैगरी, बिहीबार चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी प्रतितोला १८ सय ४० रूपैयाँमा कारोबार भइरहेको छ।