२०८१ मंसिर १३ , बिहिवार

नेप्से परिसूचकमा दोहोरो अंकको गिरावट, कारोबार बढ्यो

Share

सुनाखरी न्युज/काठमाडौं ।

आज नेप्से १०.४४ अंकले घटेर २०६८.३१ विन्दुमा बन्द भएको छ।यस दिन कारोबार रकम भने अघिल्लो दिनको तुलनामा केही बढेको छ।

बुधबार तीन अर्ब ४० करोड ४३ लाख ७२ हजार ६३२ रूपैयाँको सेयर कारोबार भएकोमा बिहीबार तीन अर्ब ८७ करोड ७ लाख ४४ हजार ९०३ रूपैयाँको सेयर कारोबार भएको छ।

अघिल्लो दिनको तुलनामा कारोबार रकममा ४७ करोड रूपैयाँले वृद्धि भएको हो।यस दिन ३०६ वटा धितोपत्रको ८६ लाख ६३ हजार ६९९ कित्ता सेयर किनबेच भएको हो।बिहीबार ५२ कम्पनीको सेयर मूल्य बढेको छ भने १८६ वटाको घटेको छ। यस्तै, ८ कम्पनीको मूल्य स्थिर रहेको छ।