२०८१ आश्विन १२ , शनिवार

२०८१ को एसईई चैत ७ गते देखि सञ्चालन हुने (कार्यतालिकासहित)

writing

सुनाखरी न्युज/ काठमाडौं ।

राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले शैक्षिक सत्र २०८१ को माध्यमिक शिक्षा परीक्षा (एसईई) आगामी चैत ७ गतेदेखि सञ्चालन गर्नेगरी वार्षिक कार्यतालिका सार्वजनिक गरेको छ ।

सार्वजनिक कार्यतालिका अनुसार परीक्षाको नतिजा भने २०८२ असार ६ गतेभित्र प्रकाशित गरिने भएको छ ।

सार्वजनिक गरिएको वार्षिक कार्य तालिका अनुसार कक्षा ९ को रजिस्ट्रेसन र कक्षा १० को परीक्षा आवेदन फाराम छपाई र वितरण २०८१ कात्तिक १ देखि कात्तिक मसान्तसम्म गरिनेछ । त्यस्तै कक्षा ९ को रजिस्ट्रेसन र कक्षा १० को परीक्षा आवेदन फाराम भराउने २०८१ कात्तिक २६ गतेदेखि पौष ७ गतेसम्म हुनेछ ।

कार्यतालिका