२०८१ मंसिर १३ , बिहिवार

राजदूतमा टुंगियो भागबन्डा

Prachanda ravi

सुनाखरी न्युज/ काठमाडौं ।
सत्तारूढ दलले राजदूतको भागबन्डा टुंगो लगाएका छन्। स्रोतका अनुसार रिक्त राजदूतमध्ये एमालेले आठ वटा, राष्ट्रिय स्वतन्त्र पार्टीले दुई र माओवादी केन्द्रले एउटामात्रै पाउने समझदारी जुटेको छ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेबीच बिहीबार साँझ बालुवाटारमा बसेको बैठकले राजदूतको भागबन्डा टुंगो लगाएको हो।

 

‘एमालेले आठ, रास्वपाले दुई र माओवादी केन्द्रले एउटा लिने समझदारी जुटेको छ,’ प्रधानमन्त्रीको सचिवालयले भन्यो, ‘आज अपराह्न चार बजे बस्ने मन्त्रिपरिषद्को बैठकले केही देशको राजदूत टुंगो लगाउने छ।’

माओवादी केन्द्रको चीन लगायत देशमा राजदूत रहेकाले भागबन्डामा कम पाएको हो। रास्वपाका तर्फबाट कुनै पनि देशमा राजदूत नभएकाले दुईवटा दिएको सत्तारूढ दलका नेताहरूले बताएका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री मुकुल ढकालले पार्टीको भागमा दुईवटा राजदूत परेको बताउँदै मापदण्ड तय गरेर राजदूत सिफारिस गरिने बताए।

 

सरकारले गत जेठ २४ गते भारत, अमेरिका, बेलायत, कतार, साउदी अरेबिया, दक्षिण कोरिया, मलेसिया, पर्चुगल, स्पेन, डेनमार्क र इसराइलका राजदूतलाई फिर्ता बोलाएको थियो।