२०८१ पुष ९ , मंगलबार

एकैदिन तोलामा एक हजार नौ सय रूपैयाँ बढ्यो सुनको भाउ

gold1

सुनाखरी न्युज/ काठमाडौं ।

साताको अन्तिम दिन शुक्रबार नेपाली बजारमा सुन–चाँदीको मूल्य बढेको छ। सुनको भाउ यस दिन प्रतितोला एक हजार नौ सय रूपैयाँ बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ४४ हजार सात सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ४४ हजार रूपैयाँमा कारोबार भइरहेको छ।

त्यसैगरी, शुक्रबार चाँदीको मूल्य पनि बढेको छ। बिहीबार प्रतितोला १८ सय ४० रूपैयाँमा कारोबार भएको चाँदी शुक्रबार प्रतितोला १८ सय ६५ रूपैयाँमा किनबेच भइरहेको छ।