२०८१ आश्विन ५ , शनिवार

डकुड्रामा ‘हामी छौँ’को छायाङ्कन सुरु, ४५ दिनमा सकिने

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

सलोन सलिना फिल्सम्को प्रस्तुतिमा डकुड्रामा ‘हामी छौँ (सिजन १)’को सुटिङ सुरु भएको छ । शोभित बस्नेत प्रस्तुतकर्ता रहेको डकुड्रामाको बुधबार चितलाङबाट छायांकन सुरु भएको हो ।

डकुड्रामा आगामी दसैँमा ओटिटी प्लेतफर्मबाट रिलिज गर्ने गरेर निर्माण हुन लागेको हो । ७ एपिसोडमा प्रसारण हुने सिरिजमा सलिना बस्नेत, आर्यन पौडेल, त्रिसना क्षेत्री, सुशान्तकुमार श्रेष्ठ, समीर खान, शिवराज नेपाल, अनिता गिरि र गणेश बुढाथोकी लगायतको अभिनय रहनेछ । सुटिङ अवधि ४५ दिन तोकिएको छ ।