सुनाखरी न्युज/ काठमाडौं ।
लुम्बिनी प्रदेशसभाको चौथो अधिवेशनको १५ औँ बैठक आधा घण्टाका लागि स्थगित भएको छ । सरकारले ल्याएको बजेट माथि असहमति जनाउँदै कांग्रेसले शुक्रबार संसद्मा विरोध जनाएपछि बैठक आधा घण्टाको लागि स्थगित भएको हो ।
संसद् बैठकलाई सम्बोधन गर्दै कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरीले सङ्घीयता विरोधी बजेट ल्याएको आरोप लगाउँदै सदन अवरुद्ध गर्ने जानकारी दिएका थिए । उनले सरकारले ल्याएको बजेट पक्षपाती भएको आरोप लगाएका थिए ।
कांग्रेसले विरोध गरेपछि सभामुख तुलाराम घर्तीमगरले सरकार र प्रतिपक्ष दलको बिचमा संवादका लागि भन्दै बैठक आधा घण्टाका लागि स्थगित गरेका हुन् ।लुम्बिनी प्रदेशमा हिजोबाट बजेटमाथि छलफल सुरु भएको थियो ।