सुनाखरी न्युज/ काठमाडौं ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले शुक्रबार दोस्रो स्थापना दिवसका अवसरमा चियापान कार्यक्रम गरेको छ । वनस्थलीस्थित केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा प्रधानमन्त्रीसहित मन्त्रीहरू, विभिन्न दलका नेता, कूटनीतिक नियोगका प्रतिनिधिलगायतलाई आमन्त्रण गरिएको छ ।
चियापान समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, सभामुख देवराज घिमिरे, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनाल र उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठलगायत नेताहरू सहभागी छन्।
आमन्त्रित व्यक्तित्वहरूले पार्टी कार्यालयमा राखिएको घण्टी समेत बजाएका थिए । रास्वपाको चुनाव चिह्न घण्टी हो ।चियापन शुक्रबार अपराह्न ५ बजेसम्म चल्नेछ।
चियापानका अवसरमा रास्वपाले उद्यमशीलता प्रवर्द्धन गर्ने ध्येयले प्रदर्शनी स्टल पनि राखेको छ।प्रधानमन्त्रीसहित मन्त्रीहरूले ती प्रदर्शनी स्थलको अवलोकन गरेका थिए।