सुनाखरी न्युज/ काठमाडौं ।
संसद्को बैठकमा अनिवार्य उपस्थित हुन प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सांसदहरूलाई निर्देशन दिएको छ ।
संसदीय दलको शुक्रबार बसेको बैठकले ९ गतेदेखि अनिवार्य उपस्थित हुन र बजेट निर्णयार्थ पेस गर्दा पार्टीको ह्वीप पालना गर्न निर्देशन दिएको हो ।
प्रमुख सचेतक रमेश लेखकले भने, ‘बजेटमा के पोजिसन राख्ने भनेर त्यही बेला निर्णय गर्छौं ।’