२०८१ पुष ११ , बिहिवार

टी–२० विश्वकप भारतद्धारा बंगलादेश ५० रनले  पराजित

icc india

सुनाखरी न्युज
काठमाडौं ।
टी–२० विश्वकप क्रिकेटको शनिबार राति खेलिएको ‘सुपर–८’ चरणको खेलमा भारतले बंगलादेशलाई ५० रनले हराएको छ ।

जितसँगै भारतले सेमिफाइनल प्रवेशको सम्भावना पनि बलियो बनाएको छ । जारी विश्वकपमा भारत हालसम्म अपराजित छ ।

लगातार दोस्रो हारसँगै बंगलादेशको सेमिफाइनलमा पुग्ने सम्भावना भने निकै कमजोर बनेको छ । भारत र बंगलादेश ‘सुपर–८’ चरणको ‘समूह–१’ मा छन् । दुई खेलबाट चार अंक बटुलेको भारत तालिकाको पहिलो स्थानमा उक्लिएको छ ।