२०८१ पुष ८ , सोमवार

माछापुच्छ्रे र अन्नपूर्ण बेस क्याम्पमा नेपाल टेलिकमको फोरजी सेवा विस्तार

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

नेपाल टेलिकमले मुलुककै प्रमुख पर्यटकीय गन्तव्यको रुपमा रहेको माछापुच्छ्रे बेस क्याम्प (Machhapuchhre Base Camp -MBC)तथा अन्नपूर्ण बेस क्याम्प (Annapurna Base Camp – ABC)क्षेत्रलाई लक्षित गरी 4Gमोबाइल सेवा विस्तार गरेको छ ।

कास्की जिल्लाको अन्नपूर्ण पदमार्ग क्षेत्रको माछापुच्छ्रे बेस क्याम्प (MBC)मा नयाँ बिटिएस जडान गरेर नेपाल टेलिकमले उक्त क्षेत्रमा 4Gसेवा सञ्चालनमा ल्याएको हो ।यसैगरी उक्त पदमार्ग क्षेत्रमा पर्ने देउरालीमा रहेको 2Gमोबाइल सेवालाई स्तरोन्नति गरी सो क्षेत्रमा पनि 4Gसेवा सञ्चालनमा ल्याईएको कम्पनीले जनाएको छ ।

समुद्री सतहबाट करिब ४ हजार मिटरको उचाईमा रहेका कास्की जिल्लाका मनमोहक पर्यटकीय स्थलहरु माछापुच्छ्रे बेस क्याम्प एवं अन्नपूर्ण बेस क्याम्पमा सेवा विस्तार भएसँगै यस क्षेत्रका स्थानीय बासिन्दा, घुम्न आउने पर्यटकहरु तथा यस भेगका पर्यटन लगायत अन्य व्यवसायीहरु समेत नेपाल टेलिकमको 4Gमोबाइल सेवाबाट लाभान्वित हुने विश्वास रहेको कम्पनीले जनाए ।