२०८१ असार १६ , शनिवार

५.३७ अंकले घट्यो नेप्से परिसूचक, कारोबार रकममा भने वृद्धि

Share-Working

सुनाखरी न्युज/ काठमाडौं ।

साताको पहिलो कारोबार दिन अर्थात् आइतबार नेप्से परिसूचक ५.३७ अंकले घटेको छ।आज नेप्से ०.२५ प्रतिशतलले घटेर २०६२.९४ विन्दुमा बन्द भएको छ।यस दिन कारोबार रकम भने अघिल्लो दिनको तुलनामा बढेको छ।

बिहीबार तीन अर्ब ८७ करोड ७ लाख ४४ हजार ९०३ रूपैयाँको सेयर कारोबार भएकोमा आइतबार चार अर्ब ३७ करोड ४५ लाख ९७ हजार ४५८ रूपैयाँको सेयर कारोबार भएको छ।

अघिल्लो दिनको तुलनामा कारोबार रकममा ५० करोड रूपैयाँले वृद्धि भएको हो।यस दिन ३१७ वटा धितोपत्रको ९५ लाख ६१ हजार ७२७ कित्ता सेयर किनबेच भएको हो।

आइतबार ७८ कम्पनीको सेयर मूल्य बढेको छ भने १६४ वटाको घटेको छ। यस्तै, ५ कम्पनीको मूल्य स्थिर रहेको छ।यसदिन पाँच कम्पनीको सेयर मूल्य सर्किट लेभलमा बढेको छ ।