२०८१ मंसिर १० , सोमवार

संसद् बैठक सुरु हुन ढिलाइ

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

सङ्घीय संसद्, सचिवालयका कर्मचारीको माग सम्बोधनका लागि वार्ता जारी रहेकाले प्रतिनिधिसभाको आजको बैठक निर्धारित समयमा सुरु हुन ढिलाइ भएको छ ।

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरी र कर्मचारी युनियनका प्रतिनिधिबीच वार्ता जारी रहेकाले आज बिहान ११ बजेका लागि निर्धारित बैठक सुरु हुन ढिलाइ भएको सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिनुभयो ।

सचिवालयका कर्मचारीले विभिन्न सेवा र सुधारका माग राखी २० दिनदेखि विरोध कार्यक्रम गर्दै आएका छन् । रासस