सुनाखरी न्युज/ काठमाडौं ।
नेपाली बजारमा सोमबार सुन–चाँदीको मूल्य बढेको छ।आइतबार प्रतितोला दुई हजार सात सय रूपैयाँ घटेको सुनको भाउ यसदिन प्रतितोला तीन सय रूपैयाँ बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ४२ हजार तीन सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ४१ हजार छ सय रूपैयाँमा कारोबार भइरहेको छ।
त्यसैगरी, आज चाँदीको मूल्य पनि बढेको छ।चाँदी सोमबार प्रतितोला १८ सय २० रूपैयाँमा किनबेच भइरहेको छ।