२०८१ आश्विन ५ , शनिवार

सोनाक्षी सिन्हाले गरिन् बिहे

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

बलिउड अभिनेत्री सोनाक्षी सिन्हाले विवाह गरेकी छन् । उनले प्रेमी जहीर इकबालसँग आइतबार मुम्बईमा विवाह गरेकी हुन् । उनले ३७ वर्षको उमेरमा प्रेमी जहीर इकबालसँग विवाह गरेकी हुन्।उनीहरु सात वर्षदेखि प्रेम सम्बन्धमा थिए ।

विवाह दर्तापछि सामाजिक सञ्जालमा तस्वीर सेयर गर्दै सोनाक्षी र जहीरले लेखेका छन्, ‘आजभन्दा सात वर्ष पहिले हामीले एकअर्काको आँखामा देखेका थियौं । प्रेम एक सुन्दर चीज हो । हामी श्रीमान्-श्रीमती बन्यौं, सोनाक्षी र जहीर-२३.०६.२०२४ ।’

मुम्बईस्थित शिल्पा शेट्टीको रेस्टुरेन्टमा आयोजित रिसेप्सनमा सलमान खान, रेखा, अदिती राव हैदरी, काजोल, विद्या बालन, यो यो हनी सिंह लगायत थुप्रै बलिउड सेलिब्रेटी उपस्थित थिए ।सोनाक्षीका श्रीमान जहीर इकबाल व्यवसायी तथा अभिनेता हुन् ।