सुनाखरी न्युज/ काठमाडौं ।
भक्तपुर नगरपालिका-९ ब्रम्हायणीमा आइतबार साँझ चोरी भएको छ । सो ठाउँमा डेरा गरी बस्ने सर्लाही लालबन्दी नगरपालिका- १५ घर भएकी प्रनिशा वाइबाको कोठामा चोरी भएको हो ।
कोठामा कोही नभएको अवस्थामा ढोका फोडेर नगद ५० हजार रुपैयाँ, मोबाइल र सुनको विभिन्न गरगहना गरी करिब ४ लाख ३७ हजार ५ सय रुपैयाँ चोरी भएको प्रहरीको भनाई छ ।
प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।