२०८१ मंसिर ७ , शुक्रवार

के फ्रिजमा आँप राख्न सुरक्षित छ ?

R

सुनाखरी न्युज/ काठमाडौं ।

यतिबेला बजारमा जताततै आँप छ । कसैलाई आँप काटेर खान मन पर्छ । पचाउन पनि सजिलो हुन्छ तर गर्मीमा मानिसहरूले यी चीजहरू फ्रिजमा राख्छन्, फलफूल वा तरकारी बाहिर बिग्रन्छ भन्ने सोच्छन्, तिनीहरूलाई फ्रिजमा राखेर लामो समयसम्म सुरक्षित राख्न सकिन्छ।

यदि तपाईमा पनि यस्तो गलत धारणा छ भने हामी तपाईलाई केही यस्ता फलफुलहरु छन्, जसलाई फ्रिजमा राखेमा विषाक्त बन्न सक्छ र स्वास्थ्यका लागि हानिकारक हुन्छ ।कोही यसलाई लस्सी, म्याङ्गो शेक आदि बनाएर खान्छन् । चाहे केटाकेटी हुन् वा वृद्धवृद्धाले सबैले आँप रुचिका साथ खान्छन् । कयौँ गुणले भरिपूर्ण फलफूलको राजा हो आँप । एकै पटक धेरै आँप किनेर राख्दा बिग्रिएर कयौँ त फ्याक्नु पर्ने पनि हुन सक्छ ।  यसरी राख्नुस् आँपलाई –

-आँपलाई खैरो पेपरमा बेरेर टोकरीमा राख्नुस् । तर यो भन्दा अगाडि आँपलाई धुनुस् ताकि यसमा कुनै केमिकल छन् भने पखालियोस्  । यी आँपलाई काठको टोकरीमा राख्नुस् । सही तापक्रम पाएर यो प्राकृतिक रूपमा पाक्न थाल्छ र स्वाद पनि मिठो हुन्छ ।

-एकै पटकमा धेरै आँप पाकेका छन् भने यी आँपलाई ४ देखि ५ दिनसम्म फ्रिजमा राख्न सकिन्छ । यसले आँप थप पाक्ने वा गल्ने     प्रक्रिया रोकिनेछ र बिग्रने छैन ।

– तपाईँ आँप महिनौँ वा हप्तौँसम्म नबिग्रियोस् भन्ने चाहनुहुन्छ भने आँपलाई काटेर, बोक्रा निकालेर, मिक्सरमा पिसेर आइस ट्रेमा हालेर राख्नुस् । यसरी तपाईले महिनौँसम्म पनि आँप प्रयोग गर्न सक्नुहुन्छ ।

-बजारबाट आँप किन्दा पूरै पाकेको छ कि छैन भन्ने कुरामा ध्यान दिनुस् । केही पाकेको अनि केही काँचो आँप ल्याउनुस् । हरेक दिन   पाके पाकेको आँप छानेर खाँदा एकै चोटी सबै आँप पाकेर बिग्रने सम्भावना कम हुन्छ । आँपलाई दिनहुँ चेक गर्दै सड्न वा गल्न  थालेको आँपलाई झिकेर राखिदिनुस् ।