२०८१ असार १६ , शनिवार

नेप्से परिसूचकमा सामान्य अंकको वृद्धि,पाँच अर्ब बढीको सेयर कारोबार

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

सोमबार नेप्से परिसूचक ३.२१ अंकले बढेर २०६६.१६ विन्दुमा बन्द भएको छ।यस दिन कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा बढेको छ।

आइतबार चार अर्ब ३७ करोड ४५ लाख ९७ हजार ४५८ रूपैयाँको सेयर कारोबार भएकोमा सोमबार पाँच अर्ब ७ करोड ७२ लाख ५५ हजार ११६ रूपैयाँको सेयर कारोबार भएको छ।अघिल्लो दिनको तुलनामा कारोबार रकममा ७० करोड रूपैयाँले वृद्धि भएको हो।

यस दिन ३२२ वटा धितोपत्रको एक करोड ७ लाख ७ हजार ८७८ कित्ता सेयर किनबेच भएको हो।सोमबार १४२ कम्पनीको सेयर मूल्य बढेको छ भने १९४ वटाको घटेको छ। यस्तै, ११ कम्पनीको मूल्य स्थिर रहेको छ।