२०८१ मंसिर १० , सोमवार

रफाहमा पुनः इजरायली आक्रमण

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

इजरायली सेनाले दक्षिणी गाजा सहरमा रहेका हमासका दुई कार्यालय परिसरमा आक्रमण गरी धेरै हतियारहरू कब्जा गरेको आइतबार राफाह क्षेत्रमा कारबाही गरेको इजरायली रक्षा बलले जनाएको छ ।

रफाहको तेल अल–सुल्तान छिमेकमा इजरायली सेनाले हमासको तेल अल–सुल्तान ब्रिगेडका लागि प्रशिक्षण मैदानको रूपमा काम गर्ने हमास कार्यालय परिसरमा छापा मारेको र सैनिकले हतियार भण्डारण सुविधा र धेरै सुरूङसहित ब्रिगेडका कमान्डर महमुद हमदानको कार्यालय भेटिएको इजरायली रक्षा बल (आइडिएफ)ले जनाएको छ ।

आईडीएफले सुरूङको जाँच गरी नष्ट गर्ने बताएको छ ।परिसर क्षेत्रमा सेनाले हमासको रफाह ब्रिगेड, यासेर नेटमा रकेट र मिसाइल फायरका कमान्डरको कार्यालयमा पनि छापा मारेको छ ।

अक्टोबर ७ मा गाजा सीमा नजिकै इजरायली समुदायमा हमासले गरेको आक्रमणमा कम्तिमा एक हजार २०० व्यक्ति मारिएका थिए भने हमासले २५२ जनालाई बन्धक बनाएको थियो ।आक्रमणको बदलामा इजरायलले प्यालेष्टिनी गाजा क्षेत्रमा चलाएको हवाई तथा स्थल कारबाहीमा कम्तीमा ३७ हजार ५०० व्यक्तिको मृत्यु भएको छ ।  रासस/एएनआई