सुनाखरी न्युज/ काठमाडौं ।
मंगलबार नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ। सोमबार प्रतितोला तीन सय रूपैयाँ बढेको सुनको मूल्य यसदिन स्थिर रहेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ४२ हजार तीन सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ४१ हजार छ सय रूपैयाँमा कारोबार भइरहेको छ।सोमबार पनि सोही मूल्यमा कारोबार भएको थियो।
त्यसैगरी, आज चाँदीको मूल्य भने घटेको छ।चाँदी मंगलबार प्रतितोला १८ सय १५ रूपैयाँमा किनबेच भइरहेको छ।यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला पाँच रूपैयाँ घटेको हो।