२०८१ आश्विन ५ , शनिवार

‘फर्की फर्की’ पछि ‘जेरीः अनटप’ मा दोस्रो पटक सहकार्य गर्दै अनमोल र जसिता

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

फिल्म ‘फर्की फर्की’ पछि अनमोल र जसिताको दोस्रो सहकार्य तय भएको छ। निर्माणको तयारीमा रहेको फिल्म ‘जेरीः अन टप’ मा जसिता अनुबन्धित भएकी छन्। निर्माण टिमले उनीसँग सोमबार मात्रै लिखित सम्झौता गरेको हो।

फिल्ममा यसअघि अनमोलसहित आना शर्मा र आँचल शर्मा अनुबन्धित भइसकेका थिए। अब भने फिल्ममा आनाको अभिनय रहने छैन। उनको स्थानमा जसितालाई लिइएको निर्माता सरोज न्यौपानेले बताए।

त्रिकोणात्मक प्रेमकथामा निर्माण हुन लागेको यो फिल्ममा अनमोल र आँचलले पहिलोपटक सहकार्य गर्न लागेका छन्।सुयोग गुरूङको निर्देशन रहने फिल्मको कथा हेमराज बिसीले लेखेका हुन्।

९ वर्षअघि प्रदर्शनमा आएको सफल फिल्म ‘जेरी’ को दोस्रो शृंखलाका रूपमा ‘जेरी: अनटप’ निर्माण हुन लागेको हो।साउन पहिलो सातादेखि फिल्मको छायांकन सुरू गर्ने तयारी छ।फिल्मलाई काठमाडौं, लुक्ला, मुस्ताङ लगायतका स्थानमा छायांकन गरिने जनाइएको छ।