२०८१ असार १६ , शनिवार

नेप्से परिसूचक पाँच दशमलव ६० अङ्कले बढ्यो

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

मंगलबार सेयर बजारको परिसूचक नेप्से २०७१ अंकमा पुगेको छ । अघिल्लो दिनको तुलनामा नेप्से ५.६ अंक बढेको हो ।

नेप्से बढ्दा कारोबार रकम केही घटेको छ । अघिल्लो दिन ५ अर्ब ७ करोडको कारोबार भएकोमा आज ४ अर्ब १८ करोडमा खुम्चियो ।

१५१ कम्पनीको मूल्य बढ्दा ८८ को घट्यो भने ८ को स्थिर रह्यो । अघिल्लो दिनसम्म उच्च दरले बढेको फाइनान्स समूह सूचक आज भने २.१५ प्रतिशत (५४ अंक) घट्यो ।

त्यस्तै बैंकिङ ५, निर्जीवन बीमा २३, अन्य ०.२ र व्यापार समूह ५ अंक घटे ।