२०८१ मंसिर १० , सोमवार

प्रभु बैँक र नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टरबीच छुट सम्झौता

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

प्रभु बैँकका कर्मचारीहरुलाई लक्षित गर्दे हरिसिद्धि, ललितपुर मा अवस्थित नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टरसँग विभिन्न सेवा सुविधामा विशेष छुट दिने सम्झौता भएको छ ।

एक समारोहका बिच सम्पन्न सम्झौतामा प्रभु बैँकका तर्फबाट बाग्मति प्रदेश–३का प्रमुख राजु के.सी.र शाखा प्रबन्धक अमित बज्राचार्यद्घारा हस्ताक्षर गरियो ।

सम्झौता अनुसार प्रभु बैँक लि.का कर्मचारीहरुले कर्मचारी मान्य परिचयपत्र को आधारमा नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टरको विभिन्न सेवा सुविधाहरुमा विशेष छुट प्राप्त गर्न सक्ने बैँकले जनाएको छ ।उक्तm समारोहमा बिशेÈ गरी महिला कर्मचारीहरुलाई लक्षित गरि स्तन र पाठेघर सम्बन्धि क्यान्सरबारे जानकारी गराईएको थियो ।

स्तन सम्बन्धि क्यान्सर का डा.प्रफुल्ल शाक्यर पाठेघर सम्बन्धि क्यान्सर की डा.अनु बज्राचार्य ले चेतनामुलक सन्देश प्रस्तुत गर्नुभएको थियो भने सो समारोहमा उल्लेखनीय महिला कर्मचारीहरुको सहभागिता समेत रहेको थियो ।