२०८१ आश्विन ५ , शनिवार

फिल्म‘मोदीबेनी’को अफिसियल पोस्टर सार्वजनिक

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

फिल्म‘मोदीबेनी’आगामी श्रावण १८ गतेदेखि प्रदर्शनमा आउदै छन्। निर्माण युनिटले फिल्मको अफिसियल पोस्टर सार्वजनिक गरेको छ । पोस्टरमा अभिनेत्री वर्षा सिवाकोटीलाई केन्द्रमा राखिएको देखिएका छन् ।

पोस्टरमा अभिनेता अमर प्रताप श्रेष्ठ र अभिनेता प्रवीण खतिवडा पनि अटाएका छन् । पोस्टरबाट त्रिकोणात्मक कथा फिल्ममा रहेको अनुमान लगाउन सकिन्छ । पोस्टरमा अभिनेत्री रेजिना उप्रेती साधारण गाउँले महिला र अभिनेता दिलीप केसी गाउँकै सम्भ्रान्त व्यक्तिको रूपमा देखिएका छन् ।पर्वत जिल्लाको ‘मोदीबेनी’ क्षेत्रमा घटेको अविश्वसनीय घटनामा आधारित रहेर बनेको फिल्म शंकर कोइरालाले निर्देशन गरेका हुन् ।

फिल्ममा बर्षा, अमर, प्रवीण, रेजिना, दिलीपको अलवा सरोज खनाल, कमलमणि नेपाल, जीवन भट्टराई, सरोज अर्याल, अनामिका लामिछाने, स्नेहा भट्टराई, लाबिस गर्तौला, सुब्रत आचार्य लगायतको अभिनय छ ।