२०८१ असार १६ , शनिवार

नेप्सेसँगै कारोबार रकम पनि घट्यो ,२०६० अंकमा झर्‍यो नेप्से

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

बुधबार नेप्से परिसूचक ११.६० अंकले घटेको छ।नेप्से ०.५६ प्रतिशतले घटेर २०६०.१६ विन्दुमा बन्द भएको छ।यस दिन कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा घटेको छ।

मंगलबार चार अर्ब १८ करोड ७७ लाख ९६ हजार ८८३ रूपैयाँको सेयर कारोबार भएकोमा बुधबार चार अर्ब पाँच करोड ८० लाख ४७ हजार ७३४ रूपैयाँको सेयर कारोबार भएको छ।

अघिल्लो दिनको तुलनामा कारोबार रकममा १३ करोड रूपैयाँ कमी आएको हो।यस दिन ३०५ वटा धितोपत्रको ८७ लाख २७ हजार १६४ कित्ता सेयर किनबेच भएको हो।