२०८१ मंसिर १० , सोमवार

दक्षिण अफ्रिकामा अवैध शिकार रोक्न पहिलोपटक गैँडामा रेडियोधर्मी सामग्री जडान

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

दक्षिण अफ्रिकी वैज्ञानिकले मङ्गलबार सीमा चौकीहरूमा अवैध शिकार पत्ता लगाउन सजिलो बनाउने उदेश्यले जीवित गैँडाको सिङमा रेडियोधर्मी सामग्री जडान गरेका छन् ।दक्षिण अफ्रिका गैँडाको धेरैे जनसङ्ख्या भएको देश हो । गैँडाको सिङ उपचारात्मक प्रभावका लागि प्रयोग हुने भएकाले यो देश यसको अवैध शिकार हुने मुख्य स्थान पनि हो ।

यस पहलको नेतृत्व गरेका युनिभर्सिटी अफ द विटवाटरस्रान्डको विकिरण र स्वास्थ्य भौतिक विज्ञान एकाईका निर्देशक जेम्स लार्किनले गैँडाको सिङमा दुईवटा साना रेडियोधर्मी चिपहरू जडान गरिएको बताउनुभयो ।“रेडियोधर्मी सामग्रीले सिङलाई काम नलाग्ने बनाउनुका साथै अनिवार्य रूपमा मानव उपभोगका लागि विषाक्त बनाउछ,” सोही विश्वविद्यालयका प्राध्यापक र विज्ञानका डिन निथया चेट्टीले बताउनुभयो ।

“रेडियोधर्मी सामग्री जडान गर्दा गैँडाहरूलाई बेहोस बनाएर भुईमा सुताइएको थियो र गैँडाले कुनै पीडा महसुस गरेनन्,” लार्किनले भन्नुभयो । “रेडियोधर्मी पदार्थको मात्रा यति कम छ कि यसले गैडाकोे स्वास्थ्य वा वातावरणलाई कुनै पनि हिसाबले असर गर्दैन,” उहाँले भन्नुभयो ।फेब्रुअरीमा वातावरण मन्त्रालयले अवैध व्यापारलाई नियन्त्रण गर्ने सरकारी प्रयासका बावजुद सन् २०२३ मा ४९९ वटा यी विशाल स्तनधारी जनावर मारिएका थिए । यो तथ्याङ्क सन् २०२२ को तुलनामा ११ प्रतिशतले बढी हो ।

कूल बीस जीवित गैँडालाई राइस्टोप परियोजनाका लागि प्रयोग गरिएको छ । उनीहरूलाई अन्तर्राष्ट्रिय सीमा चौकीहरूमा आणविक आतङ्कवाद रोक्नको लागि जडान गरिएको यन्त्रसँग डिटेक्ट हुने गरी आवश्यक मात्रामा ‘रेडियो आइसोटोप’ दिइनेछ ।सीमा अधिकारीसँग सीमामा अवैध तस्करी पत्ता लगाउने यन्त्र हुन्छन् जसको सहयोगबाट बन्दरगाह, विमानस्थलजस्ता विभिन्न ठाउँबाट यस्ता प्रतिबन्धित सामग्रीको तस्करी पत्ता लगाउन सकिने वैज्ञानिकले बताएका छन् ।  रासस/एएफपी