२०८१ आश्विन १३ , आइतवार

प्रहरी जवानको हत्यामा संलग्न ६ जना जेल चलान

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

प्रहरी वृत्त दरबारमार्गमा कार्यरत ट्राफिक प्रहरी जवान युवराज घिमिरेको हत्यामा संलग्न भएको आरोपमा पक्राउ परेकामध्ये ६ जना थुनामा गएका छन् ।ट्राफिक हत्या आरोपमा कर्तव्य ज्यानको कसुरमा मुद्दा चलाइएका ७ जना मध्ये ६ जना थुनामा गएका छन् ।

१३ वर्षका अर्का एक बालकलाई परिवारको जिम्मा लगाउन आदेश आएकाले परिवारको जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।हत्या आरोपमा भक्तपुरको घर भएका २१ वर्षीय सचिन परियार, स्याङ्जाको आँधीखोला बिजारी चौतारी घर भएकी ५६ वर्षीया नुनमाया कार्की, उनकी छोरी २१ वर्षीया बिपना र बसन्ती भनिने बसुन्धरा कार्की, नुवाकोटको ओखरे घर भएका २१ वर्षीय बुद्ध लामा तामाङ छन् ।

त्यस्तै सिन्धुपाचोक घर भएका ३० वर्षीय अमृत तामाङलाई पुर्पक्षका लागि अदालतले आदेश दिएसँगै कारागार पठाइएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता नवराज अधिकारीले बताए ।त्यसैगरी १७ वर्ष मात्रै पूरा भएकी अर्की एक किशोरीलाई भने बाल सुधार गृहमा पठाइएको छ ।खोटाङको घर भएका ३२ वर्षीय ट्राफिक घिमिरेको ३ जेठमा हत्या भएको थियो ।

गोंगबु गणेशस्थान बस्ने घिमिरेको शव मनमैजु बासुकी नाग टोलमा भेटिएको थियो ।हत्या गरी फालेर कालो म्याट्रेसले छोपिएको थियो । ट्राफिक प्रहरीको पोशाक र बुट भने जलाइएको अवस्थामा भेटिएको थियो ।