सुनाखरी न्युज/ काठमाडौं ।
नेपालका लागि सेरेस इभीको आधिकारिक आयातकर्ता एमएडब्लु वृद्धि अटोकर्प प्रालिले अत्याधुनिक फिचर र क्षमताको समीश्रण भएको इलेक्ट्रिक एसयुभी नयाँ सेरेस ३ सार्वजनिक गरेको छ । इलेक्ट्रिक एसयुभीको असीमित क्षमता दर्शाउन‘लिमिटेडले सनेस’अर्थात ‘असीमितता’ट्याग लाइन प्रयोग गरिएको यो एसयुभी सहरका चिल्ला सडकमा मात्र होइन असहज ग्रामिण भुगोलका लागि पनि उपयुक्त हुने कम्पनीले बताए ।
नयाँ सेरेस ३ लाई सेरेसका उपाध्यक्षजो झोउ र एमएडब्लु वृद्धिका अध्यक्षा विष्णु कुमार अग्रवालको उपस्थितिमा काठमाडौंमा आयोजित भव्य कार्यक्रममा सार्वजनिक गरेका हुन् ।नयाँ सेरेस ३ अनावरणको मुख्य आकर्षण स्प्लिट स्क्रिन एलइडी डिस्प्लेबाट नाटकीय रुपमा बाहिर निस्कनु थियो । यो प्रस्तुतिले दर्शकलाई मोहित बनाउनुका साथै यो इलेक्ट्रिक एसयुभीको ट्यागलाइन लिमिटेडले सनेसलाई पनि समेटेको छ ।
एक्सटेरियरलाई व्यापक रिडिजाइन गरिएको सेरेस ३को अगाडिको बम्परमा परम्परागत लोगोलाई प्रतिस्थापन गरी आधुनिक लुक दिने उद्देश्यले पातलो तर स्पष्ट सेरेस लेखिएको छ । यसको भर्टिकल डेटाइम रनिंग लाइटले कारको सौन्दर्यलाई अझ बढाएको कम्पनीको दाबी छ ।यसको स्टेरिंगमा नयाँ सेरेस लेखिएको जसले सेरेस ३ को इन्टेरियरलाई राम्रो बनाएको छ । क्याबिनमा प्रयोग भएको लक्जरियस डबल कुशन सिट, पर्याप्त लेग रुम र १०.२५ इन्चको टचस्क्रिन इन्फोटेन्मेन्ट सिस्टमले यात्रालाई अझ बढी शानदार र विलासिता दिनेछ ।
पर्फमेन्स र सुविधिमा पनि सेरेस ३ निकै अगाडि छ । यसमा कम्फर्ट, स्पोर्ट र इको ड्राइभ मोडहरु छन् जसको मद्दतले चालकले आफ्नो ड्राइभिंग मोड अनुसार गाडि चलाउन सक्नेछन् ।एड्भान्स्ड एडास फिचर, अफलाइन जीपीएस नेभिगेसन र युरोपेली मापदण्डको सेग्मेन्ट फस्र्ट ड्यास क्यामले सजिएको सेरेस ३ मा प्रविधि र सुरक्षाको उत्तम सम्मीश्रण रहेको रहेको कम्पनीले जनाए ।
यसमा ६ वे इलेक्ट्रिकल्ली एड्जस्टेबल सिट छ जसले यात्रालाई आरामदायी बनाउँछ । साथै यसमा फराकिलो सनरुफ र ६ वटा एअर ब्याग रहेको छ । अटो होल्ड, इबीडी, टीपीएमएस र इएसपी सहितको व्यापक सुरक्षा व्यवस्था गरिएको सेरेस ३ मातपाईं निश्चिन्त यात्रा गर्न सक्नु हुनेछ ।सेरेस ३ कम्फर्ट र प्रिमियम गरी दुई भेरियन्टमा उपलब्ध हुनेछ जसको मूल्य क्रमसः ४९ लाख ९९ हजार रुपैयाँ र ५२ लाख ९९ हजार रुपैयाँ रहेको छ । पर्फमेन्स,लक्जरी र प्रयाक्टिकेलिटीको अतुलनीय संयोजनले नेपाली ग्राहकलाई आकर्षित गर्ने विश्वास एमएडब्लु वृद्धिले लिएको जनाए ।