२०८१ पुष ८ , सोमवार

मोबाइलको सिमकार्ड लिन राष्ट्रिय परिचयपत्र अनिवार्य

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

आगामी माघ १ गतेदेखि मोबाइलको सिमकार्ड लिन राष्ट्रिय परिचयपत्र अनिवार्य पेस गर्नुपर्ने भएको छ । सोमबार राजपत्रमा प्रकाशित सूचनामा टेलिफोन तथा सिमकार्डसम्बन्धी सेवाका लागि राष्ट्रिय परिचयपत्र आवश्यक पर्ने उल्लेख छ ।

गृह मन्त्रालयले जारी गरेको सूचनाअनुसार सरकारी निकाय, संस्था तथा निजी क्षेत्रबाट प्रवाह गरिने सार्वजनिक सेवा सुविधा प्राप्त गर्न अब नागरिकता प्रमाणपत्रको सट्टा राष्ट्रिय परिचयपत्र वा राष्ट्रिय परिचय नम्बर पेस गर्नुपर्नेछ ।

राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण ऐन, २०७६ को दफा ३ र १० को प्रयोजनका लागि राष्ट्रिय परिचयपत्रको प्रयोग सम्बन्धमा यस्तो निर्णय गरिएको सूचनामा भनिएको छ ।