२०८१ असार १८ , सोमवार

नेप्से परिसूचकमा ८.२४ अंकको गिरावट, नेप्से २०५१.९२ विन्दुमा बन्द

Share Down

सुनाखरी न्युज/ काठमाडौं ।

साता कारोबारको अन्तिम दिन बिहीबार अधिकांश कम्पनीको सेयर भाउ घटेको छ । कारोबारमा आएकामध्ये ४७ कम्पनीको मूल्य बढ्दा १८८ को घट्यो भने ११ को स्थिर रह्यो ।

बिहीबार नेप्से परिसूचक ८.२४ अंकले घटेको छ।यसदिन नेप्से ०.४० प्रतिशतले घटेर २०५१.९२ विन्दुमा बन्द भएको छ।यस दिन कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा घटेको छ।

बुधबार चार अर्ब पाँच करोड ८० लाख ४७ हजार ७३४ रूपैयाँको सेयर कारोबार भएकोमा बिहीबार तीन अर्ब ७१ करोड ५९ लाख तीन हजार ८२४ रूपैयाँको सेयर कारोबार भएको छ।