२०८१ असार १८ , सोमवार

वर्षाले भारतको इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलको छत भत्कियो, एक जनाको मृत्यु

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

भारतको इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिनल भवनको छत खस्दा एक जनाको मृत्यु भएको छ ।भारी वर्षासँगै छत भत्किएर च्यापिँदा एक जना ट्याक्सी चालकको मृत्यु भएको छ । १० वटा सवारी साधन च्यापिँदा केही घाइते छन् ।

सवारी साधनको भिड जम्मा भएको बेला टर्मिनल भवनको छत खसेको थियो । ठूला–ठूला बिम कारहरुमाथि बज्रिएका थिए ।

स्थलगत अवलोकन गर्न केन्द्रीय नागरिक उड्डयन मन्त्री राममोहन नायडु सहितका अधिकारीहरु घटनास्थलमा पुगेका छन् ।मन्त्री नायडुका अनुसार सन् यो सन् २००९ मै निर्माण भएको थियो ।