२०८१ पुष ८ , सोमवार

गुगलले अब नेपाल भाषा (नेवारी) पनि उल्था गर्ने

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

सर्च इन्जिन प्लाटफर्म, गुगलको ट्रान्सलेट सेवामा नेपालभाषा (नेवारी) समावेश भएको छ । बिहीबार ब्लगपोस्टमार्फत गुगलले विश्वका ११० भाषा थप गरेको जानकारी गराएको थियो । तीमध्ये नेपालको नेवार समूदायको मातृभाषा पनि समेटिएको हो ।गुगल ट्रान्सलेटबाट अब विभिन्न भाषालाई नेपालभाषामा उल्था गर्न सकिन्छ ।

नेपाल भाषालाई पनि अन्य भाषामा उल्था गर्न सकिन्छ ।ट्रान्सलेट डट गुगल डट कममा गएर आफूलाई ट्रान्सलेट गर्नुपर्ने भाषाको प्याराग्राफ वायाँतिरको कोठामा राखेपछि दायाँ तिरको कोठामा अनुवादसहित देखाइदिन्छ ।

एआईको पाल्म-२ ल्यांग्वेज मोडलको सहयोगमा ६१ करोडभन्दा धेरैले बोल्ने क्यान्टोजी भाषादेखि अफ्रिकामा बोलिने फन, स्वाती, वलोफसँगै नेपालको नेवारी भाषालाई गुगल ट्रान्सलेटमा राखिएको ब्लग पोस्टमा उल्लेख छ ।सन् २०१३ को डिसेम्बरमा गुगलले नेपाली भाषालाई आफ्नो गुगल ट्रान्सलेट सेवामा समावेश गरेको थियो ।