२०८१ आश्विन ५ , शनिवार

‘जेरीः अन टप’ को प्रदर्शन मिति तय, भ्यालेन्टाइन डेमा रिलिज हुने

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

अनमोल केसी, आँचल शर्मा र जसिता गुरूङको मुख्य अभिनय रहने फिल्म ‘जेरीः अन टप’ को प्रदर्शन मिति तय गरिएको छ।फिल्मलाई भ्यालेन्टाइन डेको अवसर पारेर फागुन २ गतेदेखि प्रदर्शनमा ल्याइने भएको निर्माता सरोज न्यौपानेले बताए।

‘वितरकसँग भएको छलफलमा उक्त डेट उपयुक्त लागेकोले सोही मितिमा फिल्मलाई ल्याउने घोषणा गरेका छौं,’ निर्माताले न्यौपानेले भने।त्रिकोणात्मक प्रेमकथामा निर्माण हुन लागेको यो फिल्मलाई ‘फर्की फर्की’ फ्रेम्ड निर्देशक सुयोग गुरूङले निर्देशन गर्दैछन्।

९ वर्षअघि प्रदर्शनमा आएको सफल फिल्म ‘जेरी’ को दोस्रो शृंखलाका रूपमा ‘जेरीः अनटप’ निर्माण हुन लागेको हो।साउन २ गतेदेखि छायांकन सुरू गर्ने तयारी रहेको फिल्मलाई काठमाडौं, लुक्ला, मुस्ताङ लगायतका स्थानमा खिचिने जनाइएको छ।