२०८१ असार १८ , सोमवार

धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति प्रक्रिया रद्द

dhito

सुनाखरी न्युज/ काठमाडौं ।

धितोपत्र बोर्ड अध्यक्ष सिफारिस समितिले छनोट प्रक्रिया रद्द गर्ने निर्णय गरेको छ ।समितिको बैठकले छनोट प्रक्रिया रद्द गरेको अर्थ मन्त्रालयले शुक्रबार जारी गरेको सूचनामा उल्लेख छ ।

समितिले गत वर्ष फागुन १६ गते सूचना निकालेर अध्यक्षका लागि आवेदन आह्वान गरेको थियो ।सिफारिस समितिले सर्टलिस्ट गरेका पाँचजना उम्मेदवारमध्ये तीनजना अन्तर्वार्तामा नै सहभागी नभएपछि यो प्रक्रिया के हुने भन्ने अन्योल थियो

।तर समितिले आज एक सूचमार्फत त्यसयताका सबै प्रक्रियाहरू रद्द गरिएको बताएको हो ।गत सोमबार महान्याधिवक्ताको कार्यालयले दिएको रायका आधारमा समितिले प्रक्रिया रद्द गरेको हो ।