२०८१ मंसिर ७ , शुक्रवार

सुनको मूल्य प्रतितोला दुई सय रूपैयाँ बढ्दा चाँदी स्थिर

Gold

सुनाखरी न्युज/ काठमाडौं ।

नेपाली बजारमा आइतबार सुनको मूल्य बढेको छ भने चाँदी स्थिर रहेको छ। शुक्रबार प्रतितोला एक हजार रूपैयाँ बढेको सुनको भाउ आज प्रतितोला दुई सय रूपैयाँ बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ४२ हजार रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ४१ हजार तीन सय रूपैयाँमा कारोबार भइरहेको छ।

आज चाँदीको मूल्य भने स्थिर रहेको छ।शुक्रबार प्रतितोला एक हजार सात सय ९० रूपैयाँमा कारोबार भएको चाँदी आज पनि सोही मूल्यमा किनबेच भइरहेको छ।