२०८१ आश्विन ५ , शनिवार

कमेडी च्याम्पियन्स –३को उपाधि सुनील खड्कालाई

comedy

सुनाखरी न्युज/ काठमाडौं ।

कमेडी च्याम्पियन्स–३ को उपाधि काठमाडौँका सुनील खड्काले जितेका छन् । शनिबार साँझ भएको ग्रान्ड फिनालेमा काठमाडौँका सुनील विजेता बनेका हुन् ।

उपाधिसँगै सुनिलले २५ लाख रुपैयाँ नगद र ४० लाख मूल्यको विद्युतीय गाडी ‘नेटा भी’ कार प्राप्त गरेका छन् ।त्यस्तै सुनसरीका ऋषभ काफ्ले फर्स्ट रनरअप र नवलपरासीकी सुयशा सेकेन्ड रनरअप बने ।

फस्ट रनर अप घोषित भएका काफ्लेले ट्रफीका साथै स्कुटर, टेलिभिजन तथा नगद पुरस्कार प्राप्त गरेको छ भने सेकेन्ड रनर अप खनालले स्कुटर र नगद पुरस्कार प्राप्त गरे।