२०८१ असार २० , बुधवार

नेकपा एकीकृत समाजवादीको महाधिवेशनको उत्सव

RALLY

सुनाखरी न्युज/ काठमाडौं ।

नेकपा एकीकृत समाजवादीको आजदेखि सुरु हुने महाधिवेशनअघि काठमाडौँमा र्‍याली निकालिएको छ । महाधिवेशनमा सहभागी हुन आइपुगेका प्रतिनिधि र सदस्यहरू भृकुटीमण्डपदेखि महाधिवेशन स्थल प्रज्ञा प्रतिष्ठानसम्म र्‍याली निकालिएको हो ।

नेकपा एकीकृत समाजवादीको १०औँ राष्ट्रिय महाधिवेशन आजदेखि सुरु हुँदैछ ।असार २० गतेसम्म प्रज्ञा प्रतिष्ठान कमलादीमा आयोजना हुने यो महाधिवेशनमा राजनीतिक प्रतिवेदन, समाजवादी कार्यक्रम, विधानसम्बन्धी र साङ्गठनिक प्रतिवेदनमा छलफल हुने छ ।

एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आसन्न महाधिवेशनमा प्रस्तुत गरिने आवश्यक दस्ताबेज तयार भइसकेको जानकारी दिए।महाधिवेशनमा एक हजार आठ सय ४९ प्रतिनिधिले भाग लिनेछन् । ती प्रतिनिधिले दुई सय ९९ सदस्यीय कार्यसमिति तथा २१ पदाधिकारीको चयन गर्नेछन् ।